‘COVID-19’ नयाँ भाइरस भएकाेले यसकाे चपेटामा विश्व तड्पी रहेकाे छ । मानिसहरू के खादा वा उपयाेग गर्दा यसबाट बच्न सकिन्छ भनेर अनेकन उपायहरू अपनाइ रहेका छन् । कतिपय भ्रमहरू रहेकाले यहाँ केहि भ्रम चिर्न खाेजिएकाे छ ।
१. के पानी पिउनाले घाँटी दुखेको निको हुन्छ र कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ?
स्वस्थ रहन पानी पिउनु अति आवश्यक छ । तर यसले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन ।
२. के कोरोना भाइरसबाट बँच्न एन्टिबायोटिकको प्रयोग प्रभावकारी हुन्छ ?
एन्टिबायोटिकले ब्याक्टेरिया (जिवाणु) विरुद्धमात्र लड्न सक्ने क्षमता हुने भएकाले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन वा उपचार गर्न सकिँदैन ।
यदि तपाईं कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा भर्ना हुनुभएको छ भने शरीमा ब्याक्टेरियाको संक्रमण पनि हुनसक्ने भएकाले तपाईंलाई चिकित्सकले एन्टिबायोटिक दिएको हुन सक्छ ।
३. के हात सुकाउने मेशिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि प्रभावकारी हुन्छ ?
हात सुकाउने मेशिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि कदापि प्रभावकारी हुन सक्दैन । कोरोना भाइरसको संक्रमणबाट बँच्नका लागि बेला–बेलामा साबुनपानीले मिचिमिचि हात धुने वा अल्कोहलयुक्त सेनिटाइजरको प्रयोग गर्नु नै उत्तम उपाय हो ।
हात धोइसकेपछि भिजेको हात सुकाउनका लागि कागजी रुमाल वा हात सुकाउने ड्रयरको प्रयोग गर्न सकिन्छ । तर सबै जनाले एउटै रुमाल प्रयोग गर्नु हुँदैन ।
४. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ ?
हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन । यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो । कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाछ्युँ गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।
५. यो कोरोना भाइरसले वृद्धवृद्धालाई मात्र बढी असर गर्छ कि युवावर्गलाई पनि यसको जोखिम हुन्छ ?
सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ । तर ज्येष्ठ नागरिक र पहिल्यैदेखि, मधुमेह, मुटुको रोगजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार यस भाइरसबाट बँच्न बेला–बेलामा साबुनपानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, श्वासप्रश्वाससम्बन्धी सरसफाइमा विशेष ध्यान दिने गर्नुपर्छ । खोक्दा, हाँछ्यु गर्दा नाकमुख छोप्नु पर्दछ ।
६. के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बँच्न सकिन्छ ?
हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएकोे छैन । लसुन स्वास्थ्यका लागि लाभदायक खाना हो र यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ ।
७. कोरोना भाइरसबाट बच्ने वा उपचार गर्ने कुनै औषधि छ ?
आजको मितिसम्म, कोरोना भाइरसबाट बँच्न वा उपचारका लागि कुनै औषधि पत्ता लागिसकेको छैन । तर संक्रमितमा देखिएको लक्षणअनुसारको औषधि उपचार गरी स्याहार गर्नुपर्छ । यस भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका विशेष उपचार तथा स्याहार गरिन्छ ।
यसको उपचारका बारेमा धेरै देशहरुमा अध्ययन अनुसन्धान भइरहेको छ भने विश्व स्वास्थ्य संगठनले साझेदारहरुसँगको समन्वयमा यस विषयमा अध्ययन र अनुसन्धानलाई तीव्र रुपले अघि बढाइरहेको छ ।
८. के तिलको तेलको मालिसले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्छ ?
तिलको तेलले मालिस गर्नाले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्दैन । तिलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन ।
भुँई वा सतहमा भएको कोरोना भाइरसलाई निःसंक्रमण गर्न ७० प्रतिशत इथानोल, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइड भएको रसायन वा घोलक प्रयोग गर्नु पर्छ । यी रसायन कहिल्यै पनि मानिसको शरीरमा प्रयोग गर्नु हुँदैन । यस्ता रसायन छालामा परेमा हानिकारक हुन्छ ।
९. के चीनबाट आएको चिठीपत्र वा कुनै पनि सामान लिनु सुरक्षित हुन्छ?
चीनबाट आएको सामान वा चिठीपत्रबाट कोरोना भाइरस सर्ने जोखिम हुँदैन । किनकि कोरोना भाइरस वस्तुहरू जस्तै चिठी वा बाकसहरुमा लामो समय बाँच्दैनन् भन्ने पुष्टि भैसकेको छ ।
१०. के युभि किरण (अल्टा भ्वाइलेट प्रकास)ले कोरोना भाइरस मार्न सक्छ ?
यस्ता युभि किरणले कोरोना भाइरसलाई मार्न सक्दैन । तर यस्ता विकिरणले हात वा शरीरका अन्य अंगहरुमा एलर्जी गराउन सक्छ ।
११. विमानस्थलमा राखिएको थर्मल स्क्यानरबाट कोरोना भाइरस संक्रमित भए वा नभएको थाहा पाउन कत्तिको प्रभावकारी हुन्छ ?
थर्मल स्क्यानरले कुनैपनि व्यक्तिलाई ज्वरो (शरीरको तापक्रम सामान्यभन्दा बढी) आए वा नआएका थाहा पाउन मद्दत गर्दछ । कोरोना भाइरसको संक्रमणका लक्षण देखिन २ देखि १४ दिन लाग्ने भएकोले यदि कोही व्यक्तिलाई यसको संक्रमण भइसकेको तर ज्वरो नदेखिएको अवस्थामा यो थर्मल स्क्यानरले पत्ता लगाउन सक्दैन ।
१२. के पुरै शरीरमा अल्कोहल वा क्लोरिन लगाएमा वा छरेमा कोरोना भाइरस मर्छ ?
शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल वा क्लोरिन पुरै शरीरमा लगाउँदा वा छर्कंदा यो भाइरस मर्दैन । बरु यसरी छर्कनाले तपाईको लुगा वा शरीरमा रहेका स –साना छिद्रहरुका साथै आँखा, मुख, नाक आदिमा हानी पुग्न सक्दछ । याद राख्नुहोस्, सहि मात्रामा प्रयोग गरिएको खण्डमा अल्कोहल र क्लोरिनले भुइँ वा सतहलाई निःसंक्रमण गर्न मद्दत गर्दछ ।
१३. के घरपालुवा जनावरबाट कोरोना भाइरसको संक्रमण हुन वा सर्न सक्छ ?
हालसम्म घरपालुवा जनावर जस्तै कुकुर, बिरालोआदि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छैन । तर घरमा पालिएका जनावरलाई छोए पश्चात सधैं साबुन पानीले मिचिमिचि हात धुनुपर्छ । यसरी साबुनपानीले हात धोएमा घरपालुवा जनावरबाट मानिसमा सर्न सक्ने ‘इकोली’ र ‘साल्मोनेल्ला’ जस्ता विभिन्न जीवाणुका संक्रमणबाट सुरक्षित हुन्छं ।
१४. के निमोनिया विरुद्धको खोपले हामीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ?
निमोनिया विरुद्धका खोपहरू जस्तै ‘न्युमोकोकल भ्याक्सिन’ र ‘हेमोफिलस इन्फ्लुएन्जा’ टाइप बी भ्याक्सिनले कोरोना भाइरसबाट जोगाउन सक्दैन । यो नयाँ र फरक किसिमको भाइरस भएकोले यसको लागि छुटै प्रकारको खोप चाहिन्छ ।
कोरोना भाइरस विरुद्धको खोपको विकासका लागि अनुसन्धान भइरहेको छ तर अहिलेसम्म पत्ता लागिसकेको छैन । निमोनिया विरुद्धका खोपहरू कोरोना भाइरस रोकथाम गर्नका लागि उपयोगी नभए तापनि श्वासप्रश्वासको समस्याबाट बच्न यी खोपहरू स्वास्थ्यका लागि लगाउन सिफारिस गरिन्छ ।
१५. के नियमित सलाईन पानीले नाक सफा गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
हालसम्म सलाईन पानीले नियमित नाक सफा गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने प्रमाण फेला परेको छैन । सलाईन पानीले नियमित नाक सफा गर्नाले रुघा चाँडो निको भएको केही तथ्यहरू भने छन् ।
१६. के माउथवासले मुख कुल्ला गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
माउथवासको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने कुनैपनि प्रमाण हालसम्म फेला परेको छैन । केही कम्पनीका माउथवासहरुको प्रयोगले मुखभित्र र्यालमा रहेका केही भाइरसहरुलाई केही समयका लागि निर्मुल गर्ने भएता पनि यसले कोरोना भाइरसको संक्रमणबाट भने सुरक्षित गर्न सक्दैन ।
१७. के कोरोना भाइरस गर्मी मौसममा वा आद्रता भएको तापक्रममा बाँच्न सक्छ ?
कोरोना भाइरस गर्मी वा जाडो र आद्रता वा सुख्खा तापक्रम भएका सबै ठाउँहरुमा फैलिसकेको छ । गर्मी वा जाडो जहाँ बस्ने भएपनि सावधानी अपनाउनुपर्छ ।
यसबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुनु पर्छ । खोक्दा वा हाँच्छ्यु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने गनुपर्छ । प्रयोग गरेको टिस्यु तुरुन्त फोहर र्याल्ने ठाँउमा र्याल्ने र साबुन पानीले हात धुनु पर्छ ।
१८. के रक्सी पिउनाले कोरोना भाइरसको संक्रमण हुँदैन ?
रक्सीले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन ।
१९. भुइँ वा सतहहरुलाई निःसक्रमण कसरी गर्न सकिन्छ ?
भुइँ वा सतह फोहर छ भने पहिला साबुन वा सर्फ पानीले भुइँलाई राम्ररी सफा गर्ने । बजारमा पाइने घरेलु निःसंक्रमणमा प्रयोग हुने क्लोरिनयुक्त रसायन वा घोलकले ब्याक्टेरिया र भाइरसलाई मार्दछ । यस्ता रसायन वा घोलकहरु प्रयोग गर्दा सधैं पञ्जा लगाउनुपर्छ। खाली हातले कहिलेपनि प्रयोग गर्नु हुँदैन ।
२०. धुम्रपान वा चुरोटले कोरोना भाइरसलाई असर गर्छ ?
धुम्रपान वा चुरोटले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । विश्वमा वर्षेनी करिब ८० लाख मानिसहरू धुम्रपानका कारण अकाल मर्दछन् । मुटु लगायत विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा धुम्रपानका कारणले थप जटिलता हुने भएकोले उनीहरुमा कोरोना भाइरसको जोखिम अझ बढी हुन्छ ।
२१. पसलमा स्यानिटाइजर नपाएमा के गर्न सकिन्छ ?
स्यानिटाइजर नभएमा पनि केही हुँदैन । बेलाबेलामा साबुन पानीले मिचिमिच हात धोएमा कोरोना भाइरसको जोखिम कम हुन्छ । हात धुँदा औंलाको बीचमा, हातको अगाडि र पछाडि र नङलाई पनि राम्ररी धुनुपर्छ ।
२२. के दिसाबाट कोरोना भाइरस सर्छ ?
अन्य कोरोना भाइरस जस्तै यो नयाँ कोरोना भाइरस २०१९ दिसामा पनि पाइन्छ । यसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँच्छयु गर्दा नाक र मुखबाट निस्कने छिटाहरुबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ ।
त्यसैले यसको संक्रमणबाट बच्न बेलाबेलामा साबुन पानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा र हाँच्छयु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने, प्रयोग गरेको टिस्यु तुरुन्त फोहर र्याल्ने ठाँउमा र्याल्ने र साबुन पानीले हात धुने, र रुघाखोकी लागेको व्यक्तिबाट टाढा बस्ने ।
२३. नाली वा ढलबाट आउने हावा, गन्धबाट पनि कोरोना भाइरस हुनसक्छ ?
ढल वा नालीबाट आउने हावा, गन्धमा श्वास फेर्दा कोरोना भाइरस संक्रमण भएको तथ्य हालसम्म पाइएको छैन । हालसम्मको तथ्य अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा र हाँच्छय गर्दा नाक र मुखबाट निस्कने छिटाहरु र संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ ।
२४. के बोझो, लसुन वा बेसार खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
लसुन, बोझो र बेसार खानु स्वास्थ्यको लागि लाभदायक हो । यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ । तर हालसम्म लसुन वा बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको तथ्य फेला परेको छैन ।
(WHO, UNICE & Ministry of Health and Population-Nepal)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले सहयोग रकम हस्तान्तरण गरेका छन् । बालुुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी...
गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन बढेको छ । तीन महिनामा ३४ हजार ६ सय ५१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका छन् । गत...
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति तथा शपथ ग्रहण आज हुँदैछ । आज राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने...
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीले वडा रत्न सम्मान प्रदान गरेको छ । वडा कार्यालयले पहिलोपटक सो सम्मान प्रदान गरेको हो । कार्यालयका अनुसार उक्त सम्मानबाट वडाका...