भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोटेश्वर जुवाखालबाट साढे ६ लाख बरामद, ५ जुवाडे पक्राउ

कोटेश्वर जुवाखालबाट साढे ६ लाख बरामद, ५ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले कोटेश्वरको जुवाखालबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापामार्दा उनीहरु पक्राउ परेका हुन । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जुवाखेलीरहेको सूचनाको आधारमा छापामार्दा २० बुक ताससहित ६ लाख ५८ हजार ३ सय रुपैयाँ बरामद गरेको हो ।

जुवाडे घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी पक्राउ परेका छन् । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.