भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोटेश्वर जुवाखालबाट साढे ६ लाख बरामद, ५ जुवाडे पक्राउ

कोटेश्वर जुवाखालबाट साढे ६ लाख बरामद, ५ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले कोटेश्वरको जुवाखालबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापामार्दा उनीहरु पक्राउ परेका हुन । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जुवाखेलीरहेको सूचनाको आधारमा छापामार्दा २० बुक ताससहित ६ लाख ५८ हजार ३ सय रुपैयाँ बरामद गरेको हो ।

जुवाडे घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी पक्राउ परेका छन् । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.