भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कोरोना कोषबाट १० करोड निकासा

कोरोना कोषबाट १० करोड निकासा

जनकपुरधाम ।  प्रदेश २ सरकारले कोरोना कोषबाट १० करोड रुपैयाँ निकासा गर्ने भउको छ । पीसीएमसीको बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ थप निकासा गर्ने निर्णय गरेको हो ।

२५ करोड रुपैयाँको कोष प्रदेश सरकारले यस अघि स्थापना गरेको थियो । कोभिड–१९ नियन्त्रण तथा उपचार प्रयोजनका लागि रकम अभाव भएपछि थप १० करोड निकासा गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।  स्वास्थ्य सेवाका लागि उपलब्ध जनशक्तिको व्यवस्थापन गर्दै थप जनशक्ति लोक सेवा आयोगमार्फत थप गर्ने प्रक्रिया अघि बढाइने प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ । हाल प्रदेशका कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल, जिल्ला अस्पतालहरूमा हुने गरेको छ र दीर्घकालीन समाधान नरहेकोले तत्काल वैकल्पिक स्थलमध्ये मणिपाललाई कोभिड विशेष अस्पतालमा परिणत गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको जनाएको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले प्रयोगशाला र अस्पताल व्यवस्थापनमा जोड दिने जनाएको छ । यसका लागि जनकपुरधामस्थित प्रस्तावित मणिपाल मेडिकल कजेलको संरचनामा कोभिड विशेष अस्पताल बनाउने निर्णय प्रदेश दुइले गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.