भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

साढे पाँच लाख नगदसहित चोरी गर्ने गिरोह पक्राउ

साढे पाँच लाख नगदसहित चोरी गर्ने गिरोह पक्राउ

सप्तरी । राजविराज गणेश स्टोरबाट नगदसहित साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने एक गिरोह पक्राउ परेको छ । सिसीटिभी फुटेजको अनुसन्धानमा उक्त चोर गिरोह पक्राउ परेको हो ।

चार लाख मूल्य बराबरको नगद र सामानसहित पक्राउ परेका राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी दिदी राजविराज–४ की ज्योतिकुमारी मण्डल सहनी, सोही ठाउँका समिम अन्सारी र सप्तरीको रुपनी गाउँपालिका– ४ का लाल मोहम्मद राइनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

गणेश स्टोर पसलभित्र प्रवेश गरी चोरी गर्ने सनियालाई बाहिर बसेर मानिस आवतजावतको सूचना दिन उनका साथी राइनले सहयोग गरेका थिए । सनियाकी दिदी ज्योतिले चोरीका सामान र रकम केही आफ्नो डेरामा र केही राजविराज–२ स्थित आफ्नो मदिरा पसलमा लुकाएर राखेकी थिइन् । उनकै पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी खाल्डो खनी माटोमा गाडेर लुकाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.