भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

कोरोना खोपको दोस्रो मात्रा कर्णालीमा ६९ प्रतिशतलाई दिइयो

कोरोना खोपको दोस्रो मात्रा कर्णालीमा ६९ प्रतिशतलाई दिइयो

सुर्खेत । कोरोना भाइरसविरुद्ध कर्णाली प्रदेशमा ६९ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका छन् । नौ लाख ७३ हजार ६ सय ४८ जनाले खोपको दोस्रो मात्रा लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएको निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए । एक लाख सात हजार ६ सय ८१ जनाले बुस्टर डोज लगाएको केसीको भनाइ छ ।

हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको हो ।

पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ भने प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.