भर्खरै : Sorry, your browser does not support inline SVG.
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ |

कोरोना रोकथामका लागि भक्तपुर नगरलाई साकोसको १० लाख सहयोग

कोरोना रोकथामका लागि भक्तपुर नगरलाई साकोसको १० लाख सहयोग

भक्तपुर । कोरोना रोकथामका लागि भक्तपुर नगरपालिकालाई साकोसले १० लाख सहयोग गरेको छ । नगरपालिका प्रमुख सुनिल प्रजापतिलाई संस्था लि.का अध्यक्ष बलराम प्रजापतिको नेतृत्वको कार्यकारी समिति टोलीले सोमबार १० लाखको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।

भक्तपुरमा कोरोना भाइरस ९कोभिड १९० रोकथाम र नियन्त्रणमा भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप भक्तपुर साकोस भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा १० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि भक्तपुरका विभिन्न संघ संस्थाले नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको जानकारी दिदै नगर प्रमुख प्रजापतिले कोषमा जम्मा भएको रकम नगरबासी जनताकै हितमा कोरोना रोकथामको लागि खर्च गरिने बताए ।

नगरवासी संक्रमितलाई छुट्टै एकान्तबास ९आइसोलेसन० को व्यवस्था गरेको भन्दै प्रजापतिले दिनानुदिन संक्रमितको संख्या बढिरहेकको र संक्रमण रोकथामको लागि अझ बढी नागरिक र संघ संस्थाहरूको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा उपप्रमुख रजनी जोशी र भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले कोभिड १९ महामारी रोकथामको लागि नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनको लागि गरेको सहयोग सराहनीय भएको बताए ।

संस्थाका अध्यक्ष बलराम प्रजापतिले आर्थिक सहयोग हस्तान्तरण गर्दै भक्तपुर नपाको सहयोग आह्वानलाई सहर्ष स्वीकार गरी संस्थाको सञ्चालित समितिको बैठकले सामुदायिक विकास कोषको रकम नपाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णयअनुरुप सो रकम हस्तान्तरण गरेको बताए ।

 

 

 


Thali Mobile Pvt.Ltd.