भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

कोशीमा माओवादीले किन हात धाेयाे ?

कोशीमा माओवादीले किन हात धाेयाे ?

काठमाडौं । प्रदेश प्रमुख परशुराम खापुङले धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गसंगै सत्ता गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयमा पुगे ।शिर्ष नेतृत्वकाे कार्यशैली मन नपरेको नेपाली कांग्रेस शेखर कोइराला समूहले गठबन्धनले गरेकाे उक्त निर्णय मान्न सहमत भएन ।

प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री बन्ने दावी अघिसारेपछि पार्टी निर्णय धरमरायो । बिहीबार काँग्रेसका ८ र एमालेका ३९ सांसदसहितको हस्ताक्षर लगेर केदार कार्की मुख्यमन्त्री बन्ने दाउमा लागे । त्यसपछि आङ्बोको मुख्यमन्त्री बन्ने सपना चकनाचुर भयो ।

अन्तत मुख्यमन्त्री कार्की नै भए ।  आङ्बोको मुख्यमन्त्री बन्ने सपना सकिएपछि माओवादी केन्द्रको चाहना पनि  समाप्त भएको हो । अन्तत कार्कीलाई नै गठबन्धनबाट मुख्यमन्त्रीमा स्वीकार्न बाध्य भयो ।

सरकार गठन र विघटनको खेलमा लागेको माओवादी केन्द्रले मुख्यमन्त्री पद त पाउन सकेन उल्टै सभामुख पद पनि गुमाउन पुगेपछि सरकारबाट माओवादी केन्द्रले हात धुन परेकाे नेताहरूले टिप्पणी गरेका छन् ।

संविधानको धारा १६८ को ५ अनुसार कार्की मुख्यमन्त्री बन्दा अब आङ्बोको पालो आउने सम्भावना नरहेको माओवादी कै नेताको बताउँछन् । किनकी उपधारा ५ अनुसार गठन भएको सरकार भङ्ग भए प्रदेश मध्यवधिमा जाने जोखिम छ ।

 


Thali Mobile Pvt.Ltd.