भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुरमा संचालित महायज्ञ सम्पन्न, मन्त्रीदेखि कलाकारसम्म सहभागि

भक्तपुरमा संचालित महायज्ञ सम्पन्न, मन्त्रीदेखि कलाकारसम्म सहभागि

भक्तपुर । ताथलीमा सुरू भएकाे विराट ज्ञान महायज्ञ आज सम्पन्न भएकाे छ । महायज्ञमा राजनीतिक दलका नेता देखि कलाकारसम्मको उपस्थिति थियो ।

चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा १७ दिन लामो श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ शनिबार सम्पन्न भएकाे हाे । भक्तजनको घुइचो लागेकाे महायज्ञमा बहालवाल मन्त्रीहरूसमेत उपस्थित रहेकाे आयोजकले जनाएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री लक्ष्मण लम्साल, बागमती प्रदेशका सांसद सकुन्तला श्रेष्ठ, सांसद रमा आले, सांसद धनेश्वरी प्रजापति,  भक्तपुर क्षेत्र नं २ का सांसद एवं नेपाली कांग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगायत नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडा अध्यक्षहरुकाे सहभागीता रहेकाे थियाे ।

महायज्ञमा नेपाल मजदुर किसान पार्टी बाहेक अन्य राजनैतिक दलको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।श्रीमद्भागवत कथा वाचक युवा गुरु बालयोगेश्वर श्री विजयमूर्तिजी महाराजको नेतृत्वमा विराट महायज्ञ कार्यक्रम संचालन भएको थियो । समापनमा गुरूले सबैलाइ धन्यवाद दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.