क्वारेन्टाइनमा स्वास्थ्यकर्मी माथि साँघातिक आक्रमण

क्वारेन्टाइनमा स्वास्थ्यकर्मी माथि साँघातिक आक्रमण image

२१ जेष्ठ २०७७, काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नं ९ स्थित क्वारेन्टाइनमा रहेका एक स्वास्थ्यकर्मी माथि साँघातिक आक्रमण भएकाे छ । पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजिटिभ आएको भन्दै क्वारेन्टाइनमा रहेका व्यक्तिले आक्रमण गर्दा स्वास्थ्यकर्मी खुर्शद आलम घाइते भएका भएका छन् ।

क्वारेन्टाइनमा केही व्यक्तिको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुलाई बुधबार डिस्जार्च गर्ने क्रममा आरडिटी परीक्षण गरिएको थियो । आरडिटीमा पोजिटिभ देखिएपछि उनीहरुले कोरोना सारेको भन्दै आलम माथि आक्रमण गरेको बुझिएकाे छ ।

आक्रमणबाट आलमको टाउकोमा चोट लागेको छ । सरकारले दोषिलाई कारबाही नगर्दा सम्म यस किसिमको घटना दोहोरि रहने भन्दै अालमले ऐन नआउने हो भने भोलि ठुलो दुर्घटना हनसक्ने संकेत गरे । सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी र दोषिलाई कारबाही गर्नुपर्ने माग उनकाे छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon