काठमाडौं । मेरिलेबोन क्रिकेट क्लबविरुद्ध तीन दिवसीय खेलको पहिलो पारीमा खराब प्रदर्शन गर्दै नेपाल १५३ रनमा अलआउट भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाएको हो । नेपालका सुरुवाती कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।
सन्दीप लामिछानेले सर्वाधिक ३९, विनोद भण्डारीले ३५ र सोमपाल कामीले २६ रन बनाए । १८ रन जोड्दा नै महत्वपूर्ण तीन विकेट गुमाएको नेपालले सुरुमै दबाबमा खेलेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुँदा शरद भेषावकर चार र राजु रिजाल आठ रनमा आउट भएपछि नेपालको पारी धरापमा परेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ३१ चैत । आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आज (आइतबार) बाट सुरु हुँदैछ। यो प्रतियोगिता वैशाख ६ गतेसम्म काठमाडौंको माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ, २७ चैत । हङकङमा मंगलबार (चैत २७, २०८१) बाट सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै...
काठमाडौँ, २७ चैत । हङकङमा आजबाट सुरु भएको चारदेशीय टी–२० सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको कतारले २० ओभरमा ५...
भक्तपुर । यसपटक १३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, २० रजत र ३७ कास्य सहीत ९४ पदक जित्दै...