भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

खर फालेर २३८८ घरमा जस्तापाताको छाना

खर फालेर २३८८ घरमा जस्तापाताको छाना

खोटाङ । खरले छाएका दुई हजार ३ सय ८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत खर (फुस) वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको हो ।

यो वर्ष फुसको छानो भएका वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई पहिलो प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने साँसद विशाल भट्टराईले जानकारी दिए । शहरी विकास मन्त्रालयअन्तर्गत वितरण गरिने जस्तापाता यस वर्ष सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ सय ४८ घर स्थानीय बासिन्दाले पाउने भएका छन् ।

यस्तै हलेसी तुवाचुङ नगरपालिकामा ३ सय ४३ घरपरिवारको फुसको छानो हटाइने भएको छ । १० वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा भएको जस्तापाताको छाना वितरण गर्दा ऐँसेलुखर्क गाउँपालिकामा २ सय ३१, रावाबेँसी गाउँपालिकामा २ सय ६ मा वितरण गरिने छ ।

त्यस्तै जन्तेढुङ्गा गाउँपालिकामा २ सय २०, खोटेहाङ गाउँपालिकामा २ सय ८०, केपिलासगढी गाउँपालिकामा २ सय ११, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ सय ३, साकेला गाउँपालिकामा १ सय ५० र बराहपोखरीमा गाउँपालिकामा १ सय ९६ घरधुरीले जस्ता छाना पाउनेछन् ।

 


Thali Mobile Pvt.Ltd.