सङ्क्रमित बालबालिकालाई निःशुल्क स्वास्थ्य सामग्री वितरण

सङ्क्रमित बालबालिकालाई निःशुल्क स्वास्थ्य सामग्री वितरण

सिमकोट । नाम्खा गाउँपालिकामा रहेका सङ्क्रमित बालबालिकालाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । युनिसेफ नेपालगञ्जले मङ्गलबार ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो ।

महाबौद्ध माध्यमिक विद्यालय र गुम्बा विद्यालयका गरेर ४९ विद्यार्थी तथा पाँच वृद्धवृद्धा गरी ५४ जनालाई याल्वाङमै वितरण गरिएको हो । कम्बल, स्यानिटाइजर, मास्क, पञ्जा, थर्मोमिटर, जीवनजललगायतका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

दुई विद्यालयका ४९ बालबालिकालाई होम आइसोलेसनको अवधिभर बस्दा दिक्क नहोस् भनेर खेलकूदका विभिन्न सामग्रीसमेत सहयोग गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । यस्तै युनिसेफले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सामग्रीसमेत निःशुल्क सहयोग गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपाल दोर्जे लामाले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.