नेपाली जनता क्रान्तिपछिको २१ शौं शताब्दिमा छ । २००७ साल देखि २०१४, २०२८, २०३७, २०४६ साल देखि नेपाली जनताले निरंकुश शासनका विरुद्ध लड्दै खाए । निर्दलीय पञ्चायती व्यवस्था हुँदै बहुदलीय व्यवस्था हुँदै निरंकुश शाही राजतन्त्रको शासनको सामना गरे । तर जनता झन झन गरिव र शासकहरु भ्mन झन धनी बन्दै गए । अब जनताले आफ्नो शासन आफै गर्ने भनेर गरीब, दिनदुःखी सबै दश बर्षे जनयुद्धमा होमिए आमुल परिवर्तनका लागि । यतिले मात्र भएन जनआँन्दोलन भाग एक र दुई समेत गरे । मदेस आन्दोलनमा होमिए ।
जुन सपना देखाएर जनतालाई युद्ध र जनआन्दोलनमा लगाएका थिए । अहिले सत्ता आफ्नै आतमा आएपछि फेरी उहि ढ्ररामा किन ? यहि हालतमा जनतालाई पु¥याउनका लागि हो त ? जुन परिवर्तनका निम्ति जनताले हजारौंको बलिदानी दिए, शहिदहरुले रगत बगाए, कयौं अंगभंग भए । खै आज के पाए ? हरेक खाले बिभेदबाट मुक्त हुनका लागि लडेको समुदायले के पायो ? ए महासय हो के दियौ ? हिजो गोलि थाप्ने जनमुक्ति सेना आज खाडीमा रगत पसिना बगाईरहेको छ । नेपालमा कुनै रोजगारी नपाएर । अधिकारका लागि लाखौं जनताले बलिदानी दिएको आज यही दिन देख्न लाई हो ?
जनताले प्राप्त गर्न खोजेको अधिकार यही हो र ? संबिधानमा जनताको हक के छ ? किन आज निर्मला पन्त, नवराज विक, सम्झना विकको विभत्स हत्या हुदैछ ? गणतन्त्रमा तिनिहरुले न्याय पाउने कि नपाउने ? जसले देशद्रोही, राष्ट्रघाती, बेईमानी र जनघातिकाम गर्नेका विरुद्धलडेका माईला लामाहरुलाई जेल हाल्ने सरकारले के को न्याय दिन्थ्यो होला…। कालोबजारी गर्ने, तस्करी गर्नेहरुलाई सम्मान गर्ने यो सरकारले जनताको पक्षमा के पो काम गथ्र्यो र ? फलस्वरुप आधा गिलास खाली र आधा गिलास भरी भने जस्तै भयो ।
कम्यूनिष्ट सरकारमा जनताले भोकै बस्नु पर्ने छैन, सबैले खानपाउने छन्, सबैको हैसियत बराबर हुनु पर्नेमा उल्टै हिजोका राजा, माहाराजाको भन्दा बढी ठाँट चाहिने कम्युनिष्ट सरकारका नेतृत्वले कसरी गरीब जनताको पक्षमा काम गथ्र्यो ? नोकोरशाही पूँजिपती वर्ग जस्तो पुरानो शासन कै हालिमुहाली र बिग बिगिले नत जनताको प्रतिनित्व गर्छ नत विकास र परिवर्तन नै हुन्छ । उल्टै कम्यूनिष्टको बदनाम बाहेक अरु केहि हुदैन । संघिय शासन प्रणालीमा गएको देशमा अधिकार फेरी केन्द्रसंगै राखेर के देखाउन खोजेको हो ? संघियतामा जनताको पहुँच खोइ ? राज्यको ढुकुटी तहस नहस पार्नेहरु नै आज पनि त्यहि गरिरहेका छन् ।
यही हालत देख्न दस बर्षे युद्ध लडेका हौं र ?
युद्धले नयाँ परिवर्तन ल्याउछ भनेर खुब भनिन्थ्यो हिजो कै पंचेको हातमा देश पार्नलाई हो त । खै जनताले के पाए ? आज जनमुक्ति सेना पेट पाल्नका लागि खाडीमा पसिना चुहाईरहेको छ । देशमा ब्रमलुट मचाउनेहरु आज फेरी छात्ति फुलाएर हिड्दै छन् । आज धमिलो पानीमा माछा मारेर मजा लिने काम भएको छ । अझ पानी माथिको ओवानो बन्न खोज्नुले के संकेत गरिरहेको छ ? पैसामा बिकेकाहरुलाई हामीले कसरी चिन्ने ? जनताका दुश्मनलाई गलहत्याएर पठाउलान भनेको त उल्टै राजनैतिक नियुक्ति दिएर घाटी जोडेको देख्दा सर्वहारा वर्गकोरुपमा लुकेर सामन्त वर्गकै पक्षपोषण गर्नेहरुलाई अब जनताले चिन्ने दिन नजिकिदै छ ।
भ्रष्टाचार, लुटपाट, हत्या, हिंसा, अन्याय, अत्याचार र बलात्कारका घटना जानी जानी घटाईरहेका छन् । तिनी हत्यारा, अपराधीहरुलाई कारबाही गरिएको खोई सरकार । पैसा, लोभ, लालच, नातावाद, कृपावाद र आसेपासेबादमा चुर्लुम्मै डुबेर के गर्न खोजेको सरकार ? सत्यको आवाज कुन्ठित भएका छन । जता हेरौं जनता आक्रान्त भएका छन् । अकालमा मानिसको मृत्यु भईरहेको छ । कोरोना महामारीमा झन कमाउ धन्दामा लागेर देश ब्रमलुट मचाउनेहरुलाई कारबाही खोई सरकार । रमिते बन्नु बाहेक अरु केही छैन ? अब यी अनि एस्ता खतरनाक भाइरसहरुलाई चिन्नु पर्ने दिन जनताका अगाडि आईसकेको छ ।
अब जनघातिहरुलाई राज्यको निकायबाट बिदा नगरे सम्म हामी जनताले सुखको सास फेर्न सकिदैन त्यसैले सधै दासी र गुलामी भएर बाँच्नु भन्दा अब जनताका दुश्मन चिन्नेबेला आएको छ । धोकेबाजहरुलाई लखेट्ने बेला आएको छ । सत्यको जित बनाउने बेला आएको छ । जब सम्म सत्यको बीउ रोपिन्न तब सम्म हामी जनता जहाँको त्यहीँ भौंतारिरहनु पर्ने छ । त्यसैले अब एक भएर जनताका पक्षमा नेपाली युवा एक हुनु पर्ने छ । सबै प्रदेसी मन हरु एक भएर देशका निम्ति लाग्नु पर्ने छ । सबै हातेमालो गरेर अगाडि बढौं ।
भाेजराज न्याैपाने (बारुद गोर्खाली, हाल मलेसिया)
