भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

गिरोहकै रोजाइमा शरणार्थी कार्यदलमा केसीको नियुक्ति

गिरोहकै रोजाइमा शरणार्थी कार्यदलमा केसीको नियुक्ति

काठमाडौं । भुटानी शरणार्थी समस्याको समाधानको उपाय पहिल्याउन गठन गरिएको तीन सदस्यीय कार्यदलका विज्ञ सदस्यमा गणेशबहादुर केसीलाई नियुक्त गरिएको थियो । ठग गिरोहकै रोजाइमा पूर्वशिक्षक उनलाई ठगीमा संलग्न गिरोहका सदस्य सानु भण्डारीले कार्यदल सदस्य बनाएको खुलेको छ ।

यतिमात्रै होइन, ठगी गर्ने समूहले घुसपैठ गरेकोसमेत खुलेको हो । पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा रहेको कार्यदलको गठन प्रक्रियामा नै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूल्ने गिरोह फेला गरेको हो । त्यसैको उपहार स्वरुप पन्थी नेतृत्वको कार्यदलमा तत्कालीन गृह प्रशासनले विज्ञका रुपमा गणेबहादुर केसीलाई सदस्य बनाएको छताछुल्ल भएको छ ।

गिरोहका सदस्य ललितपुरका सानु भण्डारीको रोजाइमा उनलाई कार्यदलको विज्ञ सदस्यका रुपमा नियुक्ति गरिएको पाइएको छ । २०४६ सालदेखि नै नेपाली कांग्रेसमा आबद्ध केसी २०७४ सालमा माओवादी केन्द्र प्रवेश गरेका थिए ।

नक्कली भुटानी शरणार्थी बनाइदिन्छु भनेर करोडौं असूली गरेको अभियोगमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले १२ चैतमा पक्राउ गरेको थियो । रामबहादुर थापा ‘बादल’को मन्त्री स्तरीय निर्णयबाट ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको थियो ।

 


Thali Mobile Pvt.Ltd.