भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

सशस्त्रका सइलाई खुकुरी प्रहार

सशस्त्रका सइलाई खुकुरी प्रहार

कञ्चनपुर । डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ ।दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको हो ।

शुक्रबार राति करिब साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए । स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको रउनको बायाँ पाखुरामा चोट लागेको डाँगीले बताए ।

खुकुरी प्रहार गर्ने युवाहरु फरार भएका छन् । उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले कञ्जभोजस्थि जोगबुढा नदीको झोलुंगे पुलमाथि बसेर होहल्ला गरिरहेको अवस्थामा सम्झाइबुझाइ गर्दा खुकुरी प्रहार भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.