काठमाडौं । राजावादीहरूको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइतेको उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको रहेको गृह मन्त्रालयले जनाएको छ । घाँटीमा गोली लागेर उपचारका लागि टिचिङ अस्पताल पुर्याइए उनको अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु अस्पताले जनाएको छ ।

