भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ग्याँस आपूर्ति कटौती गर्ने रुसको घोषणापछि जर्मन सरकारको विरोध

ग्याँस आपूर्ति कटौती गर्ने रुसको घोषणापछि जर्मन सरकारको विरोध

काठमाडौं । रुसले युरोपेली संघ (इयु)मा आवद्ध राष्ट्रहरुमा ग्याँस आपूर्ती कटौती गर्ने घोषणा गरेको छ । आफनो ग्याँस कम्पनी ग्याजप्रोमको मर्मत सम्भारका लागि भन्दै केही समय गग्यास कटौती गर्ने रुसले घोषणा गरेको हो । नर्ड स्ट्रिम पाइपलाइनबाट रुसले जर्मनीमा ग्याँस आपूर्ती गर्दै आएकोमा मर्मत सम्भार अघि नै कटौती गर्दै आएको भन्दै रुसको बहाना मात्रै भएको जर्मन सरकारको आरोप रहेको छ ।

रुसले गत वर्ष इयु राष्ट्रहरुलाई ४० प्रतिशत ग्याँस उपलब्ध गराएको थियो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले रुसको यो निर्णयलाई सम्भावित परिदृश्यको संज्ञा दिएका छन् । रुसले युक्रेनमा आक्रमण गर्न थालेदेखि पश्चिमा राष्ट्र लगाएत इयुसँग पनि बेलाबेलामा प्रतिशोध साँध्दै आएको छ ।

ग्याजप्रोम अन्तर्गतको नर्ड स्ट्रिम पाइपलाइन मर्मत सम्भारका कारण २० प्रतिशतसम्म ग्याँस कटौती हुन सक्ने रुसी अधिकारीहरुले स्पष्ट पारेका छन् । रुसको यो निर्णयले इयु राष्ट्रहरुलाई ग्याँस भण्डारण गर्न थप समस्या हुने देखिएको छ । यद्दपी जर्मन सरकारले भने रुसको ग्याँस आपूर्ती सिमित गर्नुको कुनै प्राविधिक कारण नभएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.