भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

ग्याँस आपूर्ति कटौती गर्ने रुसको घोषणापछि जर्मन सरकारको विरोध

ग्याँस आपूर्ति कटौती गर्ने रुसको घोषणापछि जर्मन सरकारको विरोध

काठमाडौं । रुसले युरोपेली संघ (इयु)मा आवद्ध राष्ट्रहरुमा ग्याँस आपूर्ती कटौती गर्ने घोषणा गरेको छ । आफनो ग्याँस कम्पनी ग्याजप्रोमको मर्मत सम्भारका लागि भन्दै केही समय गग्यास कटौती गर्ने रुसले घोषणा गरेको हो । नर्ड स्ट्रिम पाइपलाइनबाट रुसले जर्मनीमा ग्याँस आपूर्ती गर्दै आएकोमा मर्मत सम्भार अघि नै कटौती गर्दै आएको भन्दै रुसको बहाना मात्रै भएको जर्मन सरकारको आरोप रहेको छ ।

रुसले गत वर्ष इयु राष्ट्रहरुलाई ४० प्रतिशत ग्याँस उपलब्ध गराएको थियो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले रुसको यो निर्णयलाई सम्भावित परिदृश्यको संज्ञा दिएका छन् । रुसले युक्रेनमा आक्रमण गर्न थालेदेखि पश्चिमा राष्ट्र लगाएत इयुसँग पनि बेलाबेलामा प्रतिशोध साँध्दै आएको छ ।

ग्याजप्रोम अन्तर्गतको नर्ड स्ट्रिम पाइपलाइन मर्मत सम्भारका कारण २० प्रतिशतसम्म ग्याँस कटौती हुन सक्ने रुसी अधिकारीहरुले स्पष्ट पारेका छन् । रुसको यो निर्णयले इयु राष्ट्रहरुलाई ग्याँस भण्डारण गर्न थप समस्या हुने देखिएको छ । यद्दपी जर्मन सरकारले भने रुसको ग्याँस आपूर्ती सिमित गर्नुको कुनै प्राविधिक कारण नभएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.