भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

घटेन भिडभाड, थप कडाई गर्नु जरुरी

घटेन भिडभाड, थप कडाई गर्नु जरुरी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा सार्वजनिक र निजी गाडीमा भिडभाड हटेको छैन् । उपत्यकामा जोरबिजोर प्रणाली लागू भएको एक हप्ता वितेपनि भिडभाड हटेको छैन् । सरकारको निर्णय अव्यावहारिक भएको भन्दै यात्रु र यातायात व्यवसायीले आलोचना गर्दै आएका छन् भने जोरबिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ । कोरोनाको कहरमा चलेका गाडीमा भिडभाड बढेको छ ।

गृह मन्त्रालयले जोरबिजोर प्रणाली लागू गर्दा भिडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ । केही दिनमा निर्णय परिमार्जन हुनसक्ने गृहमन्त्रालयले जनाएको छ । अन्य क्षेत्रलाई खुला गरेर यातायातमा मात्रै कडाइ गर्दा भिड भएको गुनासो आइरहेको गृहमन्त्रालयको भनाई छ । जोरबिजोर प्रणाली हटाउनबारे काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तयार देखिए पनि गृह मन्त्रालयले निर्णय गरिसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.