भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

घर भत्किएपछि भाग्ने क्रममा च्यापिएर दाङमा एक वृद्धको ज्यान गयो

घर भत्किएपछि भाग्ने क्रममा च्यापिएर दाङमा एक वृद्धको ज्यान गयो

दाङ । हावाहुरीसहितको वर्षाले घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। दाङमा शनिवार बेलुका आएको उक्त हावाहुरीसहितको पानीले घर भत्किदाँ एक बृद्धको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो। उनकी श्रीमती सकुशल रहेको प्रहरीले जनाएको छ । केसीको परिवारमा तीनजना रहेका थिए।

हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र थिए। हावाहुरीसहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो।

Mohotsav


Thali Mobile Pvt.Ltd.