भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

घोर्नेटीमा तरकारी सङ्कलन केन्द्र सुचारु भएपछि किसान हर्षित

घोर्नेटीमा तरकारी सङ्कलन केन्द्र सुचारु भएपछि किसान हर्षित

१४ असार २०७७ रुकुम । मुसिकोट नगरपालिका वडा न ९ स्थित घोर्नेटीमा रहेको तरकारी सङ्कलन केन्द्र सुचारु भएको छ । तीन लाखको लागतमा निर्माण गरिएको तरकारी सङ्कलन केन्द्रको भवन संचालन गरिएसंगै तरकारी सङ्कलन गरेर बिक्री बितरण सुरु गरिएको हो ।

जनचेतना कृषक समुहले लिङगुरमा १९ वटा टनेलमा पाच जनाले सामुहिक तरकारी खेती गरेर उत्पादन गरेको तरकारी र अन्य ११ जनाले ब्यक्तिगत रुपमा १० वटा टनेल र खुल्ला रुपमा ताजा तरकारी उत्पादन गर्दै आएपनि बिक्रिका लागि केन्द्र नहुदा समस्यामा पर्दैआएका थिए ।

अहिले उक्त केन्द्र संचालनमा आएपछि उनिहरुले उत्पादन गरेको सम्पुर्ण तरकारी घोर्नेटिमा जम्मा गरेर एकमुष्ट रुपमा बजारमा लगेर बिक्री गर्न सुरु गरेका छन् । टमाटर तथा तरकारी सङ्कलन गर्नको लागि आबश्यक पर्ने ३० वटा क्यारेट र नापतौलका लागि काटाको ब्यबस्था वडा कार्यालयले निशुल्क उपलब्ध गराएको छ ।

टमाटर, भिरेखुर्सानी, काक्रा, भान्टा आदि धमाधम सङ्कलन गरेर बिक्रि भैरहेको छ । किसानले गाउँमा उत्पादन गरेको तरकारी गाउँमै सङ्कलन गरेर बिक्रि हुनथालेपछि कृषकहरु खुसी भएका छन् । किसानको उत्पादन गरेको तरकारी बिक्रिको जिम्मा वडा कार्यालयले लिएपछि किसानले वडा कार्यालयलाई धन्यवाद दिएका छन् ।

उत्पादन बढाउन र सामुहिक तरकारी खेती गर्न किसानलाई वडा कार्यालयले सघाउ पु¥याएको भन्दै वडाध्यक्ष नविन ओलीले उत्पादित तरकारी सबै वडाकार्यालयले जिम्मा लिने गरेको बताए । उत्पादनका लागि चाहिने आवश्यक कुराको ब्यवस्था समेत वडा सरकारले गर्ने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.