भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

बालुवाटारमा रजाँइ गरेर नेकपाले राज्यकोषको दोहन गरेको छ : प्रतिपक्ष

बालुवाटारमा रजाँइ गरेर नेकपाले राज्यकोषको दोहन गरेको छ : प्रतिपक्ष

१४ असार २०७७ काठमाडौं । बालुवाटारमा बसेर नेकपाले रजाँइमात्रै गरेको छैन, उसले बालुवाटारबाटै आर्थिक रूपमा राज्यलाई दोहन गरिरहेको आरोप प्रतिपक्षले आरोप लगाएको छ । नेकपाले पार्टीका सबै गतिविधि, भेटघाट, बैठक, भेला र भोजभतेर गरेर राज्यकोषको दुरुपयोग गरिरहेको प्रमुख प्रतिपक्षले ठहर गरेको छ ।

नेकपाले सत्ता र शक्तिको आडमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पूर्वाधार, स्रोत र साधन दुरुपयोग गरिरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाएका छन् । बालुवाटारलाई पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएर आर्थिक दोहन गरिरहेको उनको ठकर छ ।

प्रधानमन्त्रीको स्वास्थ्यप्रति संवेदनशील भएर विषय जोडदार रूपमा उठाइएको, एकतापछि सबैजसो बैठक बालुवाटारमै बसेको, तर प्रधानमन्त्रीको स्वास्थ्यप्रति संवेदनशील बन्नुपरेका कारण यस्तो गर्नु परेको नेकपा वरिष्ठ नेता झलनाथ खनालले स्वीकारेका छन् ।

पार्टी एकतापछि लगभग ५० भन्दा बढी बैठक बालुवाटारमा बसेको नेकपाले जनाएको छ । दुईवटा केन्द्रीय कार्यालय रहेका नेकपाका सबै बैठक बालुवाटार केन्द्रीत हुनुले काँग्रेस सशंकित भएको हो । शनिबार पनि नेकपा बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेपछि काग्रेसले यस्तो अभिव्यक्ति दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.