भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मदन भण्डारीको जन्मदिवसमा प्रधानमन्त्रीले गरे अनौठो खुलासा

मदन भण्डारीको जन्मदिवसमा प्रधानमन्त्रीले गरे अनौठो खुलासा

१४ असार २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनौठो खुलासा गरेका छन् । लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको खुलासा गरेका हुन ।

आज मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा बालुवाटार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनेर भारतीय मिडिया कुर्लिरहेको बताए । भारतको राज्य संयन्त्र सक्रियतापूर्वक लागिरहेको भन्दै ओलीले भारतको सपना पुरा नहुने दावी गरे ।

अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा भारत आफूलाई हटाउन विभिन्न हत्कण्डा अपनाउन खोजिएको जिकिर गरे । नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने भारतको चाल पूरा नहुने भन्दै ओलीले नेपालको रााष्ट्रियता कमजोर नभएको र नेपालले आफ्नो जमिन फिर्ता ल्याएरै छाड्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.