११ असार २०७७ सप्तरी । चट्याङ लागेर चार जनाको ज्यान गएको छ । डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका–२ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका – ३ का केसीलाल साहको मृत्यु भएको हो ।
केसीलाल साहको उपचारका क्रममा मृत्यु भएको छ भने चट्याङ लागेर थप ३ जना घाइते भएको सप्तरीका डीएसपी तिलक भारतीले बताए । चट्याङ लागेर घाइते भएका राजगढ गाउँपालिका–३ का १८ वर्षीय आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ ।
राजगढ र महादेवाका अन्य २ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाली बजारमा आइतबार सुनको मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि...
काठमाण्डौ । प्राविधिक ज्ञानको कमीका कारण दुर्घटना भएको छ । पोखरामा भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमीका कारण भएको विज्ञहरुले बताएका हुन । पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा...
ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र...
काठमाडौं । बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिकामा भएको उक्त दुर्घटनामा चालकको मृत्यु भएको हो । दुर्घटनामा परि गुल्मीको इस्मा गाउँपालिका–३ का ४७...