भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

चन्द्रागिरीका जनप्रतिनिधिको शपथ तथा निवर्तमान जनप्रतिनिधिको फेरि भेटौला कार्यक्रम सम्पन्न

चन्द्रागिरीका जनप्रतिनिधिको शपथ तथा निवर्तमान जनप्रतिनिधिको फेरि भेटौला कार्यक्रम सम्पन्न

काठमाडौं । स्थानीय तह २०८९ को निर्वाचन सम्पन्न भएपछि चन्द्रागिरी नगरपालिकामा नयाँ जनप्रतिनिधिले पदवहाली गरेका छन् । पदवहाली गरेसंगै यहाँ नयाँले शपथ र पुराना जनप्रतिनिधिको फेरिभेटौंला (विदाई) कार्यक्रम सम्पन्न भएको छ ।

हालै सम्पन्न निर्वाचनमा मेयरमा पुनः काँग्रेसका घनश्याम गिरी विजयी भएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका गिरीले १५ हजार ४ सय ७५ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका उत्तम बहादुर राउतले १४ हजार ६ सय ५१ मत प्राप्त गरे ।

२०७४ को स्थानिय निर्वाचनमा पनि गिरी चन्दागिरीको मेयरमै निर्वाचित भएका थिए । उपमेयरमा भने वसन्ती श्रेष्ठ विजयी भएकी छन् । एमालेको तर्फबाट उम्मेदवार भएकी श्रेष्ठले १४ हजार २ सय ३४ मतका साथ विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका रोसन दानीले ४ हजार १ सय ९१ मत प्राप्त गरेका छन् । शपथ तथा निवर्तमान जनप्रतिनिधिको फेरि भेटौला कार्यक्रममा सवैले सहकार्य गरेर समृद्ध चन्द्रागिरीको सपना साकार पार्ने बताए ।

जित र पराजय भएपनि सबैले जितेको भन्दै नवनिर्वाचित मेयर गिरीले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सबै कार्यमा सबैको सल्लाहले काम गर्ने बताए ।
तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.