भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चर्चित टिभी अभिनेत्रीले गरिन् आत्महत्या

चर्चित टिभी अभिनेत्रीले गरिन् आत्महत्या

एजेन्सी । तेलुगु टिभी धारावाहिककी एक अभिनेत्रीले आत्महत्या गरेकी छिन् । आन्ध्रप्रदेशकी २६ वर्षिया श्रावणीलाई मंगलबार कोठाको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको हो ।

झुण्डिरहेको अवस्थामा भेटेपछि परिवारले उनलाई अस्पताल पुर्याए पनि डाक्टरले मृत घोषित गरे । काकिनाडाका एक व्यक्तिले तनाव दिइरहेका कारण अभिनेत्री आत्महत्या गर्न बाध्य भएको आमाबुवाले आरोप लगाएका छन् । अधिकारीका अनुसार मंगलबार राती आफ्नो आमा–बुवासँग कुरा गरेपछि श्रावणी कोठामा गएकी थिइन् ।

जब उनी बाहिर निस्किइनन् तब परिवारका सदस्यले ढोका ढक्ढकाए, भित्रबाट केही जवाफ नपाउँदा उनीहरु कसैगरी कोठाभित्र जाँदा उनलाई झुण्डिएको अवस्थामा भेटिएकी हुन् । श्रावणीले थुप्रै टेलिभिजन धारावाहिकमा अभिनय गरेर चर्चाबटुलेकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.