भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

चाँगुनारायण नगरपालिका वडा नं. ४ मा एमाले प्यानल विजयी

चाँगुनारायण नगरपालिका वडा नं. ४ मा एमाले प्यानल विजयी

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा वडाध्यक्षसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत सो वडाको मंगलबार सम्पन्न मतगणनासँगै प्यानल विजयी भएको हो ।

वडाध्यक्षका उम्मेदवार बनेका रोजबहादुर तामाङले १ हजार ३ सय ३७ मतका साथ विजयी बनेका हुन । महिला सदस्यले १ हजार ४ सय ९८, दलित महिला सदस्यले १ हजार ३ सय ९४, वडा सदस्यद्वयले क्रमशः१ हजार २ सय ८७ र १ हजार २ सय ७० मत पाएका थिए ।

प्रतिद्वन्द्वी काँग्रेसका बलबहादुर श्रेष्ठले १ हजार ९९ मत पाएका थिए । यहाँ स्वतन्त्र उम्मेदवार दिनेश खनालले सुरुवाती चरणमा एमाले र काँग्रेस दुबैलाई उछिनेका थिए । उनले ६ सय ९ मत प्राप्त गरे ।

त्यसैगरी नेकपा माओवादीका रामकुमार तामाङले १८८ मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कोमल दीप थापा १४४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सन्तोष खत्रीले १३ मत प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.