भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चाँगुनारायण नगरपालिका वडा नं. ४ मा एमाले प्यानल विजयी

चाँगुनारायण नगरपालिका वडा नं. ४ मा एमाले प्यानल विजयी

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा वडाध्यक्षसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत सो वडाको मंगलबार सम्पन्न मतगणनासँगै प्यानल विजयी भएको हो ।

वडाध्यक्षका उम्मेदवार बनेका रोजबहादुर तामाङले १ हजार ३ सय ३७ मतका साथ विजयी बनेका हुन । महिला सदस्यले १ हजार ४ सय ९८, दलित महिला सदस्यले १ हजार ३ सय ९४, वडा सदस्यद्वयले क्रमशः१ हजार २ सय ८७ र १ हजार २ सय ७० मत पाएका थिए ।

प्रतिद्वन्द्वी काँग्रेसका बलबहादुर श्रेष्ठले १ हजार ९९ मत पाएका थिए । यहाँ स्वतन्त्र उम्मेदवार दिनेश खनालले सुरुवाती चरणमा एमाले र काँग्रेस दुबैलाई उछिनेका थिए । उनले ६ सय ९ मत प्राप्त गरे ।

त्यसैगरी नेकपा माओवादीका रामकुमार तामाङले १८८ मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कोमल दीप थापा १४४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सन्तोष खत्रीले १३ मत प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.