भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं २ का नव निर्वाचित वडा अध्यक्ष सोम प्रधानले चाँगुनारायण नगरपालिका वडा नं २ का जनताबीच गरिएका प्रतिबद्धा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चाँगुनारायाण नगरपालिका वडा नं २ मा नेपाली काँग्रेको तर्फबाट निर्वाचित भएपछि कैलाश खवरलाई प्रतिक्रिया दिदै उनले खानेपानी, सडक, ढलनिकास लागायतका चुनौतीहरुलाई सामना गर्दै जनताको आवश्यकतालाई पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । अध्यक्ष प्रधानले २०७४ सालमा जस्तै जनताको सेवा भावले नै जनताको सेवा गर्ने बताउदै आफूलाई मत दिएर जिताउने जनताको मतलाई खेरजान नदिने बताए ।
अध्यक्ष प्रधानले चागुनारायण नगरपालिका वडा नं २ का जनताको समृद्धिका लागि घोषणापत्र अनुसार काम गरेर देखाउने बताउदै उनले आफ्नो टिमले जनताको मतलाई घात नगर्ने तर्क गरे । विगताका अधुरा कामलाई पुरा गर्ने पहिलो प्राथमिकता रहेको जानकारी दिदै उनले बजेटमा हुने विभेदलाई हटाउन आफूले चाँगुनारायण नगरपालिका भित्र महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।
आफू निर्वाचित भएपछि कुनै पनि राजनीतिक दलालाई कुनै किसिमको विभेद नगर्ने विगतको प्रतिवद्धतालाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले जनताको मतको सम्मान गर्ने बताए । प्रधान चागुनारायण नगरपालिका वडा नं २ मा ११ सय ७७ मत पाएर जिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनोज केसीले ११ सय ४८ मत प्राप्त गरेका थिए ।
