भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

चाडपर्वमा भीडभाड नगर्न गृहको आग्रह

चाडपर्वमा भीडभाड नगर्न गृहको आग्रह

काठमाडौं । भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गरेर मात्र चाडपर्व मनाउँन र्न गृहमन्त्रालयले आग्रह गरेको छ । साँस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन समेत आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको उनको भनाइ छ । अवस्था हेरेर लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्न सक्ने प्रवक्ता पोखरेलले बताए ।

आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार स्थानीय प्रशासन दिएको उनले जानकारी दिए । उपत्यकामा यही ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । सङ्क्रमण बढिरहेकाले जनै पूर्णिमासँगै सोमबार हुने गाईजात्रामा भिडभाड नगरी पर्व मनाउन उपत्यका तीनै जिल्ला प्रशासन कार्यालयले समेत अनुरोध गरेका छन् ।

सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड सङ्क्रमण नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भइरहको प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.