भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चाडपर्वमा भीडभाड नगर्न गृहको आग्रह

चाडपर्वमा भीडभाड नगर्न गृहको आग्रह

काठमाडौं । भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गरेर मात्र चाडपर्व मनाउँन र्न गृहमन्त्रालयले आग्रह गरेको छ । साँस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन समेत आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको उनको भनाइ छ । अवस्था हेरेर लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्न सक्ने प्रवक्ता पोखरेलले बताए ।

आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार स्थानीय प्रशासन दिएको उनले जानकारी दिए । उपत्यकामा यही ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । सङ्क्रमण बढिरहेकाले जनै पूर्णिमासँगै सोमबार हुने गाईजात्रामा भिडभाड नगरी पर्व मनाउन उपत्यका तीनै जिल्ला प्रशासन कार्यालयले समेत अनुरोध गरेका छन् ।

सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड सङ्क्रमण नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भइरहको प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.