भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

चालक अनुमति पत्र वितरण सहज बनाउन लागिपरेका छाैं : शशि शंकर महर्जन

चालक अनुमति पत्र वितरण सहज बनाउन लागिपरेका छाैं : शशि शंकर महर्जन

भक्तपुर । सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण प्रक्रियालाई प्रभावकारी र सहज बनाउन लागिपरेको यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शशि शंकर महर्जनले बताएका छन् ।

लकडाउन अघि सहज भएपनि अहिले अनलाइन माध्यमबाट लाईसेन्स भर्ने हुदा समस्या भएको भन्दै सहज बनाउन लागेको बताएका हुन् । पटक पटक सर्भरमा समस्या देखिनुले लाईसेन्स प्रक्रियामा समस्या हुदा सेवाग्राही झगडा गर्न आउने सम्मका घटना भएकोले चुस्त बनाउन  लागिपरेको उनको भनाई छ ।

नियमित सर्भर संचालन नआउँदा झन् समस्या भएको प्रमुख महर्जनले बताए । यता मन्त्रालयले त्यो समस्या समाधानका लागि निर्देशन दिने गरेकाे तर समस्या समाधानमा निर्देशन बाहेक अरु केही पहल नहुँदा झन् समस्या हुने गरेको जिकिर उनकाे छ ।

यातायात व्यवस्था विभाग लगायत प्रदेश यातायात कार्यालयको अपुरो र भरपर्दो सेवा नपाएकै कारण सेवाग्राही जनआक्रोशमा आउन थालेको भन्दै कसले के गर्ने भन्ने अधिकार समेत दुविधामा भएको बताए ।

सबैभन्दा बढी घुइँचो र सेवाग्राहीको चाप हुने यातायात कार्यालयहरुलाई व्यवस्थापन गर्न न यातायात व्यवस्था विभागसँग स्पष्ट कार्यदिशा देखिन्छ न त भौतिक पूर्वाधार मन्त्रालयसँग रणनीति नै छ । यसमा सम्बन्धित निकायको ध्यान जान नसक्दा यसका प्रत्यक्ष मारमा लाखौं सेवाग्राही पर्ने गरेका छन् ।

भिडिया हेर्नुहाेस्…

 

 


Thali Mobile Pvt.Ltd.