भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

भरतपुर, । एभरेष्ट प्रिमियिर लिग इपीएलको फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो । ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, सङ्घर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनोट भएका छन् । ट्यालेन्ट हन्टबाट छानिएका गौतमलाई यसअघि नै चितवनले रु ५० हजारमा अनुबन्ध गरिसकेको छ । बाँकी चार खेलाडीबाट अन्तिममा एक खेलाडीलाई चितवनले अन्तिम टिममा समावेश गर्नेछ ।

छनोट भएका खेलाडीलाई चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले टाइगर्सको क्याप प्रदान गर्दै स्वागत गर्नुभएको थियो । सो क्रममा भट्टराईले युवा खेलाडीलाई टिमले प्राथमिकतामा राखेको भन्दै युवा खेलाडीलाई सिक्ने अवसर मिलेको बताए । उहाँले इपीएल सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता भएकाले युवा खेलाडीलाई विदेशी खेलाडीबाट सिक्ने मौका मिल्ने बताए ।

ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी चितवन टाइगर्सको प्रशिक्षणमा भदौ १० गते देखि सहभागी भएका थिए । उनीहरुमध्ये एक जनालाई आगामी असोज २ गते अन्तिम टोलीमा घोषणा गरिने छ । कार्यक्रममा चितवन क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधान, लायन्स डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर लायन रामप्रसाद भट्ट, चितवन टाइगर्सका प्रमुख भट्टराईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग इपिएल टि–२० क्रिकेट आगामी असोज ९ गतेदेखि काठमाडौँस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.