भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्यटकीय गतिविधिमा रोक

चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्यटकीय गतिविधिमा रोक

चितवन । चितवन राष्ट्रिय निकुञ्जले असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो ।

डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमासमेत रोक लगाइएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको निकुञ्ज प्रशासनले जनाएको छ । सफारीका लागि अनुमति लिएको ६५ जिपले सौराहाबाट ३२, कसराबाट १६ र मेघौलीबाट नौ रहेका छन् ।

यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारीका लागि अनुमति लिएका छन् । डुङ्गा सञ्चालनका लागि तीन घाटमा ठेक्का लागेको छ । राप्ती नदीमा रहेका छ घाटमध्ये तीन घाटबाट मात्र डुङ्गा सफारी हुँदै आएको थियो । वर्षात् सुरु भएसँगै निकुञ्ज र नदीमा हुने पर्यटकीय गतिविधिमा रोक लगाइएको हो ।

मध्यवर्ती सामुदायिक वनतर्फ हुने गतिविधिमा भने निर्णय हुन बाँकी छ । यस क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी र डुङ्गा सफारी हुँदै आएको छ । तर निकुञ्जमा हालसम्मकै बढी पर्यटक यस वर्ष छिरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.