भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

चिनियाँ राजदुतको भेट पछि नेकपा फ्रन्टलाइनका नेता असन्तुष्ट

चिनियाँ राजदुतको भेट पछि नेकपा फ्रन्टलाइनका नेता असन्तुष्ट image

२१ बैशाख २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद बढेपछि चीनले हस्तक्षेप गरेको खुलासा भएको छ । प्रधानमन्त्री केपी ओलीलाई दुवै पदबाट हटाउन एक समुह सक्रिय भएपछि ओलीले चीनलाई गुहारेको खुलेको हो ।

नेकपाका अध्यक्ष प्रचण्ड र नेता माधब कुमार नेपालले प्रधानमन्त्री ओली पक्षलाई घोचपिच गरेको आरोप ओली पक्षको छ । केहिदिन देखि नेकपामा विवादका सिनारियो चुलिएको थियो । नेकपा उच्च स्रोतका अनुसार चुलिएको विवाद साम्य पार्न चिनियाँ पक्षले ओलीको बिरुद्ध नजान प्रचण्डलाई दवाव दिएको बुझिएको छ ।

नेकपामा आन्तरिक विवाद बल्झिदै जाँदा चिनियाँ राजदूत होउ यान्छीले नै प्रधानमन्त्री केपी ओलीलगायत शीर्ष नेतासँग राजनीतिक भेटवार्ता सम्पन्न गरेकी छन् । कोरोना संक्रमण र लकडाउनका बेला पनि राजदूत याङछीले नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग निवासमै पुगेर सूझाएकी थिइन् ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी यान्छीले सोमबार साँझ राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच (४५ मिनेट) टेलिफोन वार्ताद्धारा सहजीकरण गरेको स्रोतको दावी छ ।

यहीबीचमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहित नेकपा विदेश विभागका प्रतिनिधिमण्डलबीच बुधबार करिब तीन घन्टा लामो भिडियो संवाद भएको खुलेको छ । यो सम्वाद पछि फ्रन्टलाईनका नेताहरु रुष्ट भएको उच्च स्रोतको दावी छ ।

शनिबार बोलाइएको सचिवालय बैठकमा नेताहरूले समूहगत छलफल पनि गरेका थिए । बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले अहिलेसम्म जे–जे तीतामीठा भए, त्यसलाई बिर्सिन र मिलेर अगाडि बढ्न प्रस्ताव गरेको नेताहरुले बताए । बैठकमा आत्मालोचना गर्दै प्रधानमन्त्री ओलीले मिलेर जानुको विकल्प नभएको भन्दै पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने बचन दिएको बैठकमा सहभागि एक नेताले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.