भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चिसो बढेपछि कम्बल वितरण

चिसो बढेपछि कम्बल वितरण

बझाङ । प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २०० र केदास्युँ गाउँपालिकामा २०० लाई कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो

संस्थाले कोरोना महामारीको समयमा पनि समुदायस्तरमा दाल, चामल, सरसफाइका सामान तथा स्वास्थ्य सामग्री वितरण गरेको थियो । गरीब, दुःखी, एकल महिला, बालबालिकालाई बेलाबेलामा खाद्यान्न, लत्ता कपडा दिएर आफूहरुलाई ठूलो सहयोग पुगेको जयपृथ्वी नगरपालिका भण्डार घर भएकी आलिकुली रोकायाले बताउनुभयो ।

प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा स्थानीय तहसँग समन्वय गरेर जोखिममा रहेका बालबालिकाको गुणस्तरीय शिक्षा, संरक्षण र जीविकोपार्जनका क्षेत्रमासमेत संस्थाले काम गर्दै आएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.