भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

चीनमा बीआरआई सम्मेलन

चीनमा बीआरआई सम्मेलन

बेइजिङ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चका शीर्ष आमन्त्रितहरूको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन छन् ।

युक्रेनमा आक्रमण गरेसँगै आफ्नो शासन विश्वमाझ एक्लिएपछि विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश यात्रा हुनेछ । बीआरआईको एक दशकको अवसरमा आयोजना हुन लागेको सम्मेलनमा चिनियाँ राजधानी बेइजिङमा विश्वका नेताहरू जम्मा भएका छन् ।

चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङको बीआरआई एउटा प्रमुख परियोजना हो । चीनले १३० देशका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको आयोजनाको गरेको हो ।

उक्त सम्मेलन आजदेखि बेइजिङमा शुरू हुँदैछ । जसलाई इजरायल–गाजा युद्धले ओझेलमा पार्ने डर उत्तिकै रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.