चीन । चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्या उल्लेख्य बढाएको छ । सन् २०२४ को पहिलो छ महिनामा चीनमा एक करोड ४० लाख ६४ हजार जना विदेशी पर्यटक पुगेका छन् । यो अघिल्लो वर्षको छ महिनाको तुलनामा एक सय ५२ प्रतिशतले धेरै हो । गएको जनवरीदेखि जुलाईसम्म चीन पुगेका एक करोड ४० लाख जना पर्यटकमध्ये ८० लाख जनाभन्दा धेरै पर्यटक भिसा फ्रि अभियानअन्तर्गत पुगेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको भिसा फ्रि नीतिको कारण नै पर्यटक बढेको खबरमा उल्लेख छ ।
चीनले ५४ वटा देशका मानिसका लागि भिसा फ्रि व्यवस्था गर्दै विमानस्थलमै पुगेपछि भिसा दिने नीति लागू गरिरहेको छ । गएको जुलाईमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रमा पारित प्रस्तावले विदेशबाट आएका मानिसलाई बस्न, उपचार सेवा र चीनमा भुक्तानीका सेवालाई थप सहज बनाउने प्रतिवद्धता गरेको थियो । चिनियाँ केन्द्रीय बैंक पीपुल्स बैंक अफ चाइनाले अलिपे र टेनपे जस्ता प्रमुख मोबाइल भुक्तानी सेवा प्रदायकलाई सहजीकरण गर्दै कुनै पनि प्रयोगकर्ताले वार्षिक पाँच हजार रुपैयाँ मात्रै कारोबार गर्न पाउने सीमा बढाएर वार्षिक ५० हजार डलर पुर्याइदिएको छ ।
वाणिज्य मन्त्रालय र अन्य छ वटा सरकारी विभागले चीनमा विदेशी यात्रीको लागि आवासलाई थप सुविधा प्रदान गर्ने परिपत्र जारी गरेका छन् । चीनले विदेशी पाहुनाका लागि होटलमा प्रतिबन्ध खुकुलो बनाउँदै लगेको छ । चीनमा आन्तरिक पर्यटक पनि बढेका छन् । लामो दूरीको रेलमा यात्रा गर्नेहरु ४० प्रतिशतले बढेका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
गाजा, एजेन्सी, २७ असार। इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा ज्यान गुमाउने पत्रकारको संख्या २२९ पुगेको छ। पछिल्लो पटक प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु...
एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी...
वासिङ्टन डीसी, २४ असार । अमेरिकाको टेक्सास राज्यस्थित ग्वाडालुप नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्। शुक्रबार...
वाशिङ्टन, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेटवार्ता हुँदैछ। यो भेट गाजा क्षेत्रमा करिब २१ महिनादेखि जारी द्वन्द्व अन्त्यतर्फ आशाको किरणको रूपमा...