चुनावी तालमेलका लागि सत्ता गठबन्धनको बैठक बस्दै

चुनावी तालमेलका लागि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बैठक बस्न लागेको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए ।

दलहरुले तीनै तहका चुनावमा गठबन्धन गर्ने भने पनि त्यसबारेमा कांग्रेस भित्र चर्को विवाद चुलिएको उनको भनाइ छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष चुनावी गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.