भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय

धनुषा । मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ । सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ । मरिक समुदायका बासिन्दाले छमा प्रयोग हुने कोनियाँ, ढाकी, नाङ्लोलगायत बाँसका सामग्री बनाउने गरेका छन् ।

बाँसका सामग्रीको माग अत्यधिक रहेको हरिनगर–२ रामनगरभुटहाका वीरेन्द्र मरिकले बतए । अहिले गाउँ–गाउँबाट रु एक सय ५० देखि रु तीन सय ५० सयसम्ममा बाँस किनेर ल्याई विभिन्न सामग्री बनाउन थालिएको छ । यस बेलामा मनग्य आम्दनी गर्न सकिने उनको भनाइ छ ।

“छठमा बाँसका सामग्री सबैलाई पुर्याउनै गाह्रो हुने गरेको छ । महिना दिनअघिबाटै यसमा लाग्छौँ”, मरिकले भने । रोजगार र पेसा नै बाँसका सामग्री बनाउने भएकाले त्यसमै सक्रिय भएर लागेको र त्यसबाट हुने आम्दनीबाट छोराछोरीको शिक्षामा खर्च गर्ने गरेको उनले बताए । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कोनियाँ र ढाकी बनाउने योजना उनको छ ।

हरिनगरका मरिकजस्तै कोसी, देवानगञ्ज, गढी, इनरुवा, रामधुनी, बराहक्षेत्र, भोक्राहा, दुहबीलगायत स्थानमा बसोबास गर्ने मरिक समुदायले समेत छठलक्षित बाँसका सामग्री बनाउन थालेका छन् । आधुनिकतासँगै बाँसका सामग्रीको माग घट्दा मरिक समुदाय चिन्तित छ ।

 


Thali Mobile Pvt.Ltd.