भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई कारबाही

छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई कारबाही

विराटनगर । विद्यार्थीलाई दिएको छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई इटहरी उपमहानगरपालिकाले एक लाखसम्म जरिवानासहित कारबाही गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो ।

दशवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालय परेका छन् । शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।

छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालय जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल, पोल्सान मन्टेश्वरी स्कुल, सृजना किण्डर गार्टेन मन्टेश्वरी र हेप्पील्याण्ड चाईल्ड डे केयर, इन्द्रेणी स्कुल, इटहरी नमुना स्कुल, शुनाखरी विद्या मन्दिर र जानकी मन्टेश्वरी स्कुललाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय गरेको हो ।

माध्यमिक विद्यालयतर्फ गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, इटहरी चिल्ड्रेन स्कुल, इटहरी मोडल सेकेण्डरी स्कुल, ह्वाइट सोल एकेडेमी र लिटल केयर बोडिङ स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने भएको हो ।

छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने बताए । यसअघि उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउनका लागि सूचना जारी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.