भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

राजविराज, । सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएका घटनामा परी दुईजनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–६ वीरपुरमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स१त ६२५६ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा ९३ प ३५९ नंको मोटरसाइकललाई ठक्कर दिएपछि ट्र्याक्टर सडकबाट पाँच मिटर तल खसेर पल्टिएको थियो । सोही ट्र्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना घाइते उनीलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइए पनि उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा ट्र्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका–३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव घाइते भएका छन् । यस्तै वडा नं ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी सङ्गीया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशीला यादव र प्रदीप यादवकी ४ वर्षीया छोरी सिद्धान्त यादव घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

यसैगरी, मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका–५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुलीसमेत घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि रायुपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गकै सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा बिग्रिएर रोकिराखेको बसमा मोटरसाइकल ठोक्कीदा मोटरसाइकल चालकको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कविलासका अन्दाजी २८ वर्षीय भूपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ना५ख ८०१० नंको यात्रुवाहक बस बिग्रिएर रोकिराखेका अवस्थामा प्रदेश २–०१–००१प२९७१ नंको मोटरसाइकल ठोकिएर दुर्घटना भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.