भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुख्यमन्त्री शाहीले विश्वासको मत लिन कर्णाली प्रदेशसभाको बैठक आह्वान

मुख्यमन्त्री शाहीले विश्वासको मत लिन कर्णाली प्रदेशसभाको बैठक आह्वान

वीरेन्द्रनगर । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्नुभएको हो । “नेपालको संविधानको धारा १६८ को उपधारा ४० बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविधानको धारा १८३ को उपधारा १० बमोजिम प्रदेशसभाको बैठक मङ्सिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ”, प्रदेशसभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.