भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

छ वर्षमा पनि बनेन हापुरखोलाको पुल

छ वर्षमा पनि बनेन हापुरखोलाको पुल

दाङ, । दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझैसम्म निर्माण कार्य पूरा हुन सकेको छैन । समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । निर्माण कार्य शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका हुन् ।

विसं २०७२ मा सो पुलको निर्माण सम्झौता भएको थियो । निर्माण व्यवसायीको लापरवाही र पुल बन्ने स्थानमा जग्गा विवादले गर्दा पुल निमार्णको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए। उनका अनुसार उक्त पुल निर्माणका लागि छ वर्षअघि रु १३ करोडमा सूर्य कन्ट्रक्सन निर्माण कम्पनी सुर्खेतलाई जिम्मेवारी दिएको र सो कम्पन्नीले निर्माणको काम बीचैमै छाडेर दोस्रो कम्पनीलाई निर्माण गर्न जिम्मा दिए पनि सो कम्पनी सम्पर्कविहीन भएपछि निर्माण कार्य रोकिएको छ ।

कार्यालयबाट ठेकेदारलाई सम्र्पकगरी तत्काल दुई हप्ताभित्र काम सुरु नगरेमा कम्पनीलाई कालोसूचीमा राख्ने र सूचना प्रकाशित गर्ने चेतावनीसमेत दिएको उनको भनाइ छ । प्रमुख जैसवालले जग्गाधनीले मुअब्जा खोजेकाले निर्माण कार्यमा अवरोध भएको पनि बताए । सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर तथा सूचना अधिकारी अमीर सुवेदीले हालसम्म उक्त पुलको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको बताए ।

तुलसीपुर उपमहानगरपालिका– १५ का सूर्य चौधरीले पुलको अभावमा वर्षात्का समयमा वारपार गर्न निकै कठिनाइ व्यहोर्नु परेको गुनासो गर्नुभयो । उक्त पुलको निर्माण सम्पन्न भएमा तुलसीपुर उपमहानगरपालिका– १४ र १५ का हजारौँ स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । यसअघि सडक डिभिजन कार्यालय दाङले गत आर्थिक वर्षको असार मसान्तमा काम सक्ने गरी काम अगाडि बढिरहेको बताएको थियो तर अझैसम्म उक्त पुल निमार्णको काम अलपत्र अवस्थामा नै छ ।

 


Thali Mobile Pvt.Ltd.