भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

जग्गाको कारोबार घटेसँगै कात्तिक महिनाको राजस्व घट्यो

जग्गाको कारोबार घटेसँगै कात्तिक महिनाको राजस्व घट्यो

काठमाडौ । दशैं–तिहार जस्ता ठूला चाडपर्वले गर्दा कात्तिक महिनामा घरजग्गाको कारोबार घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले तथ्याङ्क सार्वजनिक गर्दै चाडपर्वमा कारोबार घटेको जनाएको हो ।

एक महिनाभित्रै दुई ठूला पर्वहरु परेकाले सार्वजनिक बिदा समेत धेरै भएको र नागरिक चाडपर्वमा व्यस्त रहेकाले घरजग्गाको कारोबारमा कमी आएको जनाएको छ । दशैं र तिहार दुई ठूला पर्वहरु कात्तिक महिनाभित्रै परेकाले पनि यस वर्षको कात्तिकमा घरजग्गाको कारोबार घटेको विभागले उल्लेख गरेको छ ।

जग्गाको कारोबार घटेसँगै कात्तिक महिनाको राजस्व घटेको छ । गत आर्थिक वर्षको कात्तिक महिनामा २७ हजार ९३९ लिखत पारित भएकोमा यस वर्षको कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको छ ।

 


Thali Mobile Pvt.Ltd.