तीन पक्षिय छलफलबाट ५ दिन संघर्ष विराम गर्न इजरायल सहमत

तीन पक्षिय छलफलबाट ५ दिन संघर्ष विराम गर्न इजरायल सहमत image

काठमाडौं । गाजामा जारी संघर्ष पाँच दिन रोक्ने इजरायल, हमास र अमेरिका सहमति नजिक पुगेकका छन्। सहमतिसंगै बदलामा हमासले गत अक्टोबर ७ मा इजरायलबाट अपहरण गरेर बन्धक बनाएका व्यक्तिहरुलाई छोड्ने बताइएको छ।

वासिंटनपोष्टका अनुसार इजरायल, हमास र अमेरिकाबीच भएको छलफल सहमति नजिक पुगेको छ । हमासले तत्काल बन्धकहरुको रिहाई गर्ने सम्भावना रहेको उक्त वासिंटनपोष्टमा उल्लेख छ। त्यस्तै संघर्षविरामका सर्तहरुमा युद्धरत पक्षले ५ दिन लडाइँ बन्द गर्ने बताइएको छ भने प्रत्येक २४ घण्टामा ५० वा त्योभन्दा बढी बन्धकहरुलाई समूह–समुहमा रिहा गर्ने उल्लेख गरिएको छ।

हमासद्वारा बन्धक बनाइएकाहरुलाई तत्काल मुक्त गर्न माग गर्दै झण्डै तीस हजार प्रदर्शनकारीले यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध इजरायमा पनि प्रदर्शन गरिहेका छन् । प्रदर्शनकारीले विगत ५ दिनदेखि प्रधानमन्त्री नेतन्याहुको कार्यालय घेराउ गरिरहेका छन्। एजेन्सी 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon