भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

तीन पक्षिय छलफलबाट ५ दिन संघर्ष विराम गर्न इजरायल सहमत

तीन पक्षिय छलफलबाट ५ दिन संघर्ष विराम गर्न इजरायल सहमत

काठमाडौं । गाजामा जारी संघर्ष पाँच दिन रोक्ने इजरायल, हमास र अमेरिका सहमति नजिक पुगेकका छन्। सहमतिसंगै बदलामा हमासले गत अक्टोबर ७ मा इजरायलबाट अपहरण गरेर बन्धक बनाएका व्यक्तिहरुलाई छोड्ने बताइएको छ।

वासिंटनपोष्टका अनुसार इजरायल, हमास र अमेरिकाबीच भएको छलफल सहमति नजिक पुगेको छ । हमासले तत्काल बन्धकहरुको रिहाई गर्ने सम्भावना रहेको उक्त वासिंटनपोष्टमा उल्लेख छ। त्यस्तै संघर्षविरामका सर्तहरुमा युद्धरत पक्षले ५ दिन लडाइँ बन्द गर्ने बताइएको छ भने प्रत्येक २४ घण्टामा ५० वा त्योभन्दा बढी बन्धकहरुलाई समूह–समुहमा रिहा गर्ने उल्लेख गरिएको छ।

हमासद्वारा बन्धक बनाइएकाहरुलाई तत्काल मुक्त गर्न माग गर्दै झण्डै तीस हजार प्रदर्शनकारीले यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध इजरायमा पनि प्रदर्शन गरिहेका छन् । प्रदर्शनकारीले विगत ५ दिनदेखि प्रधानमन्त्री नेतन्याहुको कार्यालय घेराउ गरिरहेका छन्। एजेन्सी 

 


Thali Mobile Pvt.Ltd.