भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

जजिराको विमान चरा सँग ठोक्कियो, इन्जिनभित्रै छिरेको शंकापछि लुम्बिनीमै ‘होल्ड’

जजिराको विमान चरा सँग ठोक्कियो, इन्जिनभित्रै छिरेको शंकापछि  लुम्बिनीमै ‘होल्ड’

रुपन्देही ।जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।१२१ यात्रु लिएर सोमबार बिहान २ बजे भैरहवामा अवतरण गर्ने क्रममा जजीरा एयरलाईन्स चरासंग ठोक्किएको थियो ।

साढे २ बजे ३८ जना यात्रु लिएर फर्कने समय भएपनि सावधानी अपनाउँदै राति नै फिर्ता जानुपर्ने जजीराले अहिलेसम्म उडान भरेको छैन । जहाज विमानस्थलमै छ ।

बिहान आएको विमान चरासँग ठोक्किएपछि फिर्ता जान नसकेको विमानस्थलका प्रवक्ता श्याम किशोर साहले जानकारी दिए । उनले भने, ‘हवाईजहाजको बाहिरी भागमा रगत देखिन्छ, अवतरणको क्रममा चरासंग ठोक्किएको पाइलटले आशंका गरेका छन् ।

रनवेमा चरा देखिएन त्यसैले चरा कतै ईन्जिनमा त गएन ? भनेर जहाज होल्ड भएको छ, इन्जिनियरले चेक गरेपछि मात्रै उडान गर्ने जानकारी आएको छ ।’

जहाज चरासंग ठोकिए पनि सबै यात्रु सकुशल छन् । जेठ २ गतेदेखि जजीरा एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.