भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी, काठमाडौंमा बालेनको अग्रता कायमै

५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी, काठमाडौंमा बालेनको अग्रता कायमै

काठमाडौं । अब ५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेका बेला काठमाडौंमा बालेन शाहको अग्रता कायमै रहेको छ । काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाको मतगणना जारीरहेको हो ।

जारी मत गणनाअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र १८ हजार भन्दा बढी मतले अगाडि छन् । साहले अहिलेसम्म ४२ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ८ सय ५४ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २३ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् ।

उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता कायम राखेकी छन्। रेणुले ४३ हजार ६१ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ३३ हजार २ सय ३९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २ सय ९० मत प्राप्त गरेका छन् । ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले ३० हजार ८ सय ६० मत प्राप्त गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार २ सय १ मत प्राप्त गरेका छन् ।

उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले १७ हजार ७ सय १६ मत प्राप्त गर्दा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १२ हजार ६ सय ६६ मत प्राप्त गरेका छन् । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्य ४५ हजार २७ मत पाएका छन् ।

नेकपा एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापा ४१ हजार ५ सय ९० मतका साथ दोस्रो स्थानमा छन् । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीले १७ हजार ४ सय २० मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

 


Thali Mobile Pvt.Ltd.