भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

जनप्रतिनिधिले थाले सवारी साधन फिर्ता

जनप्रतिनिधिले थाले सवारी साधन फिर्ता

तनहुँ । तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न थालेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गरेका हुन ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गरेका हुन।

दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी छन् । शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग १ झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गरे ।

प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गरेका हुन । पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गरेका छन् । नेपाली कांग्रेस शुक्लागण्डकीले उनी सहित दश जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.