भर्खरै : Sorry, your browser does not support inline SVG.
आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा | मनसुन सक्रिय : वर्षासँगै गर्मीबाट राहत, केही क्षेत्रमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना | उदयपुर र झापामा जंगली हात्तीको आतंक, घर भत्किएपछि स्थानीय त्रसित |

जलजला पाटनमा हराएका सात जना सकुशल भेटिए

जलजला पाटनमा हराएका सात जना सकुशल भेटिए

जाजरकोट । जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका सात जना सकुशल भेटिएका छन् ।

प्रहरी र स्थानीय बासिन्दाको टोलीले उनीहरुलाई सकुशल भेटेर उद्धार गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । चरिचरन क्षेत्रमा गोठाला गएका कुशे गाउँपालिका–९ का कृष्ण रोकाया, वडा नम्बर ८ का दिलबहादुर खड्का, चन्द्रा खड्का, विक्रम खड्का, भविन्द्र खड्का, धनसरा खड्का र भीम खड्का मङ्गलवारदेखि सम्पर्कविहीन थिए ।

उनीहरु घर फर्कँदै गर्दा हावाहुरी र पानी परेपछि सम्पर्कविहीन भएका थिए । हावाहुरीमा जोगिएका भक्तबहादुर रोकाय, ईश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.