भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जलवायुको असरः गाउँपालिकाले ल्यायाे नयाँ याेजना

जलवायुको असरः गाउँपालिकाले ल्यायाे नयाँ याेजना

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा खुम्बु क्षेत्रमा जलवायु असर कम गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले नयाँ योजना अघि बढाएको छ । आगामी पाँच वर्षभित्र जलवायु परिवर्तनका मुद्दामा ठोस काम गर्ने गरी गाउँपालिका र यस क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैबीच रणनीतिक साझेदारीसमेत भएको छ।

सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुमा पदयात्रा गर्दै पुगेको प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरसहितको उपस्थितिमा गाउँपालिकाले नयाँ योजना अघि बढाएको हो। सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट उपाध्यक्ष टासील्हामु शेर्पा र साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरेका छन् ।

उपसभामुख रानामगरले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरूले धेरै समस्या देखे भोगेको भन्दै राज्यले नीतिगत रूपमै हिमाली भेगमा जलवायु अनुकूलनका कार्यक्रमको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

सोलुखुम्बुका सांसद मानवीर राईले जलवायु परिवर्तनले यस क्षेत्रमा विविध समस्या देखिएको र त्यसले स्थानीयवासीलाई प्रत्यक्ष प्रभाव पारेको भन्दै जलवायुको असर कम गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । गाउँपालिका अध्यक्ष मिङमारछिरि शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको संरक्षणमा सबैको ध्यान जानुपर्ने बताए ।

समझदारीपत्रमा खुम्बु क्षेत्रमा जलवायु परिवर्तनले पारेका असर विषयमा अध्ययन, अनुसन्धान र विकासका काम साथै जलवायु परिवर्तनले पु¥याएको हानिनोक्सानी, जलवायु न्याय, शिक्षा, स्वास्थ्य, स्थानीय पर्यटन, महिला, बालबालिकासहित जनजीवनमा पारेको असरबारे सहकार्य हुने उल्लेख गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.