भर्खरै : Sorry, your browser does not support inline SVG.
२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा |

जलवायु परिवर्तनका कारण बङ्गलादेश निकै प्रभावित, चट्याङ लागेर नौ जनाको मृत्यु

जलवायु परिवर्तनका कारण बङ्गलादेश निकै प्रभावित, चट्याङ लागेर नौ जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशमा चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा चट्याङ र मेघगर्जनसहित भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको हो ।

सुख्खा यामदेखि वर्षायामसम्म मौसम परिवर्तन हुने भएकाले वर्षको यो समयमा घना बस्ती भएको दक्षिण एशियाली मुलुकमा चट्याङका कारण सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । बङ्गलादेशमा चट्याङ लागेर मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।

विज्ञहरूका अनुसार यो जलवायु परिवर्तनका कारण भएको हो । जलवायु परिवर्तनका कारण बङ्गलादेश निकै प्रभावित हुनेमध्येको एक गरिब राष्ट्र हो ।आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ । चट्याङका कारण भएका अधिकांश मृत्युमा आफ्नो खेतबारीमा काम गरिरहेका ग्रामीण किसान परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.