भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

जसपाका तीन मन्त्री फिर्ता, एक मन्त्री एथावत

जसपाका तीन मन्त्री फिर्ता, एक मन्त्री एथावत

काठमाडौं । सरकार समर्थक राजनीतिक दलहरुले फटाफट मन्त्री फेरबदल गरिरहेका छन् । केही दिन पहिले नेकपा एसले सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँमन्त्रीहरुलाई सरकामा सामेल गराएको छ भने जनता समाजवादी पार्टी (जसपा)ले पनि आफ्ना तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउदै तीन जना नयाँ मन्त्रीको नाम समेत प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सिफारिस गरिसकेको छ ।

नयाँ मन्त्रीको नाममा सिफारिस भएकामा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह रहेका छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जनाइएको छ ।

फिर्ता बोलाइएका मन्त्रीहरुमा कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादव रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई मन्त्रीबाट फिर्ता बोलाइएको छैन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.